Kathmandu Press

प्रतिपक्षको बैठकमा सत्तारुढ लोसपाका अध्यक्ष ठाकुर सहभागी

बैठकमा ठाकुर सभागी भएका हुन् । लोसपाबाट सरकारमा शरदसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री छन्।
प्रतिपक्षको बैठकमा सत्तारुढ लोसपाका अध्यक्ष ठाकुर सहभागी

काठमाडौं, कात्तिक २ : प्रमुख प्रतिपक्षी दल माओवादीका अध्यक्ष पुष्पकमल दाहालले डाकेको विपक्षी दलहरूको बैठकमा सत्तारुढ दल लोकतान्त्रिक समाजवादी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर पनि सहभागी भएका छन्।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा प्रमुख प्रतिपक्षी दलका नेता दाहालकाे कार्यकक्षमा भएको बैठकमा ठाकुर सभागी भएका हुन् । लोसपाबाट सरकारमा शरदसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री छन्।

माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादी, जसपा नेपाल, लोसपा, आजपाका नेताहरुविच बैठकमा समसामयिक विषयमा छलफल भएको जनाइएको छ।

बैठकमा रास्वपाका सभापति रवि लामिछानेले सरकारले आफूलाई पक्राउ गर्नसक्ने बताउँदै सहयोगका लागि आग्रह गरेका थिए।

प्रकाशित मिति: १४:३८ बजे, शुक्रबार, कात्तिक २, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्