Kathmandu Press

बाढी पहिरो प्रभावितका लागि स्थायी आवास निर्माण गर्न सरकारले थाल्यो अध्ययन

सिंहदरबारमा बसेको बैठकमा गृहसचिव गोकर्णमणि दवाडीले विभिन्न ३४ वटा स्थानीय तहको जोखिमयुक्त बस्तीमा भौगर्भिक अध्ययन सम्पन्न गरिएको जानकारी दिए।
बाढी पहिरो प्रभावितका लागि स्थायी आवास निर्माण गर्न सरकारले थाल्यो अध्ययन

काठमाडौं, कात्तिक २ : गत असोज ११ र १२ गते आएको बाढी पहिरो प्रभावितका लागि स्थायी आवास निर्माण गर्न सरकारले भौगर्भिक अध्ययन सुरु गरेको जनाएको छ।

राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आज सिंहदरबारमा बसेको बैठकमा गृहसचिव गोकर्णमणि दवाडीले विभिन्न ३४ वटा स्थानीय तहको जोखिमयुक्त बस्तीमा भौगर्भिक अध्ययन सम्पन्न गरिएको जानकारी दिए।

Hardik ivf

प्राकृतिक विपद् जोखिम रहेका सुर्खेत, सिन्धुपाल्चोक, झापा, महोत्तरीलगायतका ४९ स्थानमा पूर्व सूचना प्रणाली जडान गरिएको जानकारी दिँदै गृहसचिव दवाडीले विपद् पूर्व तयारी, खोज, उद्धार र राहतका लागि स्थानीय तहमा स्वयम्सेवक ब्युरो गठन गरिएको र हालसम्म ब्युरोमा एक लाख एक हजार दुई सय ८८ जना स्वयम्सेवक दर्ता भइसकेको जानकारी गराए।

बैठकमा सांसदहरुले हरेक वर्ष कुनै न कुनै प्राकृतिक प्रकोप आइरहने हुनाले सरकारले प्रकोपको सामना गर्न प्रशस्त बजेट व्यवस्थापन समेत भएको बताएका छन्।

शुक्रबार समितिले गृह मन्त्रालयसँग विपद व्यवस्थापन सम्बन्धमा छलफल गरेको थियो।

प्रकाशित मिति: १५:३६ बजे, शुक्रबार, कात्तिक २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्