Kathmandu Press

विपक्षी दललले जनसरोकारका विषयमा सरकारलाई ज्ञापनपत्र बुझाउने

बाढी पहिरोको पूर्वतयारी, खोज, उद्धार, उपचार र पुनःस्थापनाको बारेमा सरकारले गम्भीरता र जिम्मेवारीका साथ काम नगरेको निष्कर्ष बैठकले निकालेको छ।
विपक्षी दललले जनसरोकारका विषयमा सरकारलाई ज्ञापनपत्र बुझाउने

काठमाडौं, कात्तिक २ : माओवादी अध्यक्ष पुष्पकमल दाहालले डाकेको विपक्षी दलहरूको बैठक सकिएको छ।

बैठकले सरकारलाई जनसरोकारका विभिन्न विषयमा ज्ञापनपत्र बुझाउने सहमति गरेको माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले बताए।

‘प्रतिपक्षी पार्टीहरूको तर्फबाट सरकारको ध्यानाकर्षण गराउने र ज्ञापनपत्र पेश गर्ने भन्ने समझदारी भएको छ,’ उनले भने, ‘जनसरोकारका मुद्दामा सरकारले गम्भीरता देखाएन र सकारात्मक रेस्पोन्स गरेन भने विशेष अधिवेशन आव्हान गर्नुपर्ने परिस्थिति पनि आउन सक्छ भन्ने छलफल भयो।’

बाढी पहिरोको पूर्वतयारी, खोज, उद्धार, उपचार र पुनःस्थापनाको बारेमा सरकारले गम्भीरता र जिम्मेवारीका साथ काम नगरेको निष्कर्ष बैठकले निकालेको छ।

सरकारले पार्टीगत र निहीत स्वार्थलाई प्राथमिकता राखेको महसुस भएको बस्नेतको भनाइ छ।

प्रकाशित मिति: १२:४४ बजे, शुक्रबार, कात्तिक २, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्