Kathmandu Press

विपक्षी दलको बैठकमा दाहालले भने- रवि पक्राउ पर्न सक्छन्

बिहीबार बसेको शीर्ष तीन दलको बैठकमा आफूले त्यस्तो आशय पाएको अध्यक्ष दाहालले बताएका थिए।
विपक्षी दलको बैठकमा दाहालले भने- रवि पक्राउ पर्न सक्छन्

काठमाडौं, कात्तिक २ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ पर्न सक्ने बताएका छन्।

शुक्रबार नयाँ बानेश्वरमा बसेको विपक्षी दलहरुको बैठकमा अध्यक्ष दाहालले रास्वपा सभापति लामिछानेलाई पक्राउ गर्न लागिएकोबारे आफूले सूचना पाएको बताए।

प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका अध्यक्ष दाहालकै आव्हानमा समसामयिक विषयमा छलफल गर्न विपक्षी दलहरुको बैठक बसेको हो।

बिहीबार बसेको शीर्ष तीन दलको बैठकमा आफूले त्यस्तो आशय पाएको अध्यक्ष दाहालले बताएका थिए। रवि १/२ दिनमै पक्राउ पर्न गर्न सक्ने दाहालकाे विश्वलेषण थियाे।

शुक्रबारको बैठकमा रास्वपा, राप्रपा, एकीकृत समाजवादी, जसपा, नेपाल, लोसपा र आजपाका नेताहरू सहभागी थिए।

बैठकमा रास्वपा सभापति लामिछाने, उपसभापतिद्वय स्वर्णीम वाग्ले र डोलप्रसाद अर्याल, सांसदहरू विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ र शिशिर खनाल सहभागी थिए।

प्रकाशित मिति: १२:१७ बजे, शुक्रबार, कात्तिक २, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्