Kathmandu Press

विपक्षी दलले बनाए तीन सदस्यीय संयन्त्र, को-को छन् सदस्य?

संयन्त्रमा नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल छन्।
विपक्षी दलले बनाए तीन सदस्यीय संयन्त्र, को-को छन् सदस्य?

काठमाडौं, कात्तिक २ : प्रतिपक्षी दलहरूले संयन्त्र गठन गरेका छन्।

शुक्रबार बिहान नयाँ बानेश्वरमा बसेको प्रतिपक्षी दलहरुको बैठकले तीन सदस्यीय संयन्त्र गठन गरेको हो।

संयन्त्रमा नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको आह्वानमा शुक्रबार नयाँ बानेश्वरमा बसेको विपक्षी दलहरूको बैठक बसेको थियो।

बैठकमा माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादी, लोसपा, नाउपा, आम आदमी पार्टीको सहभागिता थियो।

प्रकाशित मिति: १२:०२ बजे, शुक्रबार, कात्तिक २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्