Kathmandu Press

नेप्से परिसूचकमा सामान्य वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ।
नेप्से परिसूचकमा सामान्य वृद्धि

काठमाडौं, कात्तिक १ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.४७ अंकले उकालो लागेर दुई हजार ७४५.३६ मा पुगेको छ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.३१ अङ्कले उकालो लागेर ४९५.३० मा पुगेको छ । कारोबार भएका १३ उपसमूहमध्ये सात उपसमूहको शेयर मूल्य उकालो लाग्दा छ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ ।

कूल एक करोड ८८ लाख सात हजार ४९२ कित्ता शेयरसात अर्ब १९ करोड २७ लाख ९२ हजार १६६ मूल्यमा कारोबार भएको छ ।

नेप्सेका अनुसार, गुडविल फाइनान्स ७.६३, एनआइसी एशिया सेलेक्ट फण्ड ६.१९, सनराइज ब्ल्यूचिप फण्ड  ६.१४, समाज लघुवित्त ५.१२ र रावा इनर्जीका लगानीकर्ताले ५.१२ प्रतिशतले कमाएका छन्।

यस्तै, अप्पर स्याङ्गे हाइड्रोपावर ५.१९, मिड सोलु हाइड्रोपावर ५.०३, सामुदायिक लघुवित्त ४.४७, नेपाल एसबिआई बैंकको ऋणपत्र ३.८८ र सर्पोट माइक्रोफाइनान्सका लगानीकर्ताले ३.४१ प्रतिशतले गुमाएका छन्।

प्रकाशित मिति: १८:४२ बजे, बिहीबार, कात्तिक १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्