Kathmandu Press

बार अध्यक्ष घिमिरेविरूद्धको अवहेलना मुद्दामा निर्णय आउँदै

सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र कुमार चूडालको संयुक्त इजलासमा सनुवाई सकिए पनि निर्णय आउन बाँकी छ।
बार अध्यक्ष घिमिरेविरूद्धको अवहेलना मुद्दामा निर्णय आउँदै

काठमाडौं, कात्तिक १ : अदालतको अवहेलना गरेको अभियोगमा नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरूद्ध दायर मुद्दाको सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाई  सकिएको छ।

सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र कुमार चूडालको संयुक्त इजलासमा सनुवाई सकिए पनि निर्णय आउन बाँकी छ। सर्वोच्चका उपरजिष्ट्रार गोविन्द घिमिरेले बार अध्यक्ष घिमिरेविरूद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दर्ता गरेका थिए।

वरिष्ठ अधिवक्ता समेत रहेका घिमिरेविरुद्ध तत्कालिन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले लेनदेनका आधारमा तथा आफूले लिएको हिसाबकिताब मिलान गर्नको लागि न्यायाधीश सिफारिस गरेको भन्दै आरोप लगाएको भन्दै अवहेलनामा कारबाहीको माग गरिएको छ।

उक्त मुद्दामा ‘अफिसर अफ द कोर्ट’ को रूपमा रहेका बार अध्यक्ष एवम् एक जिम्मेवार वरिष्ठ अधिवक्ताले यसप्रकारको अभिव्यक्ति दिएकाले अदालतमा झिकाएर बयान गराई कारबाही गर्न उपरजिष्ट्रार घिमिरेको माग छ।

प्रकाशित मिति: १५:२३ बजे, बिहीबार, कात्तिक १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्