Kathmandu Press

बालुवाटारमा प्रधानमन्त्रीसहित शीर्ष नेताको बैठक

बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहभागी छन्।
बालुवाटारमा प्रधानमन्त्रीसहित शीर्ष नेताको बैठक

काठमाडौं, कात्तिक १ : प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताको बैठक बसिरहेको छ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल सहभागी छन्।

बैठकमा शिर्ष नेतासहित गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्याधिवक्ता रमेश वडाल पनि सहभागी छन्।

बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग गठनलगायतका विषयमा छलफल हुने जनाइएको छ।

 

 

 

 

प्रकाशित मिति: १५:०८ बजे, बिहीबार, कात्तिक १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्