Kathmandu Press

युवराज सफलले दिए प्रधानमन्त्रीविरुद्ध अख्तियारमा उजुरी

सिन्धुलीका युवराज पौडेल (सफल) ले अनुसन्धान र कारबाहीको माग राखेर बिहीबार आयोगमा उजुरी दर्ता गराएका हुन्। उजुरीमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप कारबाहीको माग गरिएको छ।
युवराज सफलले दिए प्रधानमन्त्रीविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं, कात्तिक १ : प्रधानमन्त्री केपी शर्माले भाटभटेनी सुपर मार्केटका संचालक मीनबहादुर गुरुङबाट घुस बापत पार्टी कार्यालयका लागि करोडौंको जग्गा लिएको दाबीसहित कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

सिन्धुलीका युवराज पौडेल (सफल) ले अनुसन्धान र कारबाहीको माग राखेर बिहीबार आयोगमा उजुरी दर्ता गराएका हुन्। उजुरीमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप कारबाहीको माग गरिएको छ।

भाटभटेनी सुपर मार्केटका अध्यक्ष गुरुङले  एमालेको केन्द्रीय पार्टी कार्यालयको निर्माण गर्नको लागि कुल १० रोपनी १४ आना जग्गा उपलब्ध गराएका थिए।

एमालेले भने व्यवसायी गुरुङ विद्यार्थीकालदेखि एमाले कार्यकर्ता रहेको दाबी गर्दै जग्गा दिएको बिषयलाई ‘अतिशयोक्तिपूर्ण टीकाटिप्पणी’ भनेको छ।

बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा खेपिरहेका अभियुक्त गुरुङसँग एमाले पार्टी कार्यालयका लागि जग्गा लिएपछि यतिबेला विवादको रुप लिएको छ।

प्रकाशित मिति: १४:५९ बजे, बिहीबार, कात्तिक १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्