महिला साफ च्याम्पियनसिप आजबाट, उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्ने
लगातार तेस्रो पटक नेपलले आयोजना गरेको प्रतियोगिता आजबाट त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।
काठमाडाैं, कात्तिक १ : महिला साफ च्याम्पियनसिप फुटबलको सातौं संस्करण आजबाट सुरु हुँदैछ।
लगातार तेस्रो पटक नेपलले आयोजना गरेको प्रतियोगिता आजबाट त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा साँझ ५ः३० बजे भारत र पाकिस्तान भीड्ने छन्
भारत प्रतियोगिताका सर्वाधिक सफल टिम हो भने पाकिस्तान लामो समयपछि साफमा फर्किएको हो।
घरेलु टोली नेपालले भने भोलि शुक्रबार भुटानसँग खेल्दै प्रतियोगिताको यात्रा थालनी गर्नेछ।
प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश सहभागी हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ ।
एन्फाका अनुसार प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। साविक विजेता बङ्गलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन् भने समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलङ्का र माल्दिभ्स परेका छन्।









![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)

