गौशाला सम्बन्धी निर्णय तत्काल स्थागन गर्न पर्यटन मन्त्रालयको निर्देशन
पशुपति विकास कोष र सञ्चालक परिषदले असोज २० गते निर्णय गरेर धर्मशाला महानगरलाई सञ्चालन गर्न दिने निर्णय गरेको छ।काठमाडौं, कात्तिक १ : पर्यटन मन्त्रालयले गौशाला धर्मशालाका विषयमा पशुपति विकास कोष र सञ्चालक परिषदले गरेका निर्णय तत्काल स्थगन गर्न निर्देशन दिएको छ।
पशुपति विकास कोष र सञ्चालक परिषदले असोज २० गते निर्णय गरेर धर्मशाला महानगरलाई सञ्चालन गर्न दिने निर्णय गरेको छ। यो निर्णयसँगै विवाद चरमोत्कर्षमा पुगेपछि बिहीबार सूचना निकालेर मन्त्रालयले निर्णय स्थगन गर्न भनेको हो।
महानगर र मारवाडी सेवा समितिबीच विवाद भएर प्रहरी परिचालन गर्नुपर्ने अवस्था आएपछि मन्त्रालयले निर्णय तत्काल स्थगन गर्न निर्देशन दिएको हो।
प्रकाशित मिति: १२:२० बजे, बिहीबार, कात्तिक १, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्राकृतिक प्रकोपमा ज्यान गुमाउने अधिकांश आदिवासी जनजातिसोमबार, मंसिर १०, २०८१
सरकारी वकिल कार्यालयले यसकारण चलाएन कोशी सांसद अधिकारीविरूद्ध मुद्दासोमबार, मंसिर १०, २०८१
सिंहदरबारको बैठकमा प्रधानमन्त्री ओलीले भने- चीन भ्रमणमा ऋणसम्बन्धी कुनैपनि सम्झौता हुँदैनसोमबार, मंसिर १०, २०८१
दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानलाई १०८ रनले हरायोसोमबार, मंसिर १०, २०८१