Kathmandu Press

प्रधानमन्त्री राहत कोषमा पौने २ अर्ब जम्मा

कोषमा संस्थागत एवं व्यक्तिगत रूपमा असोज ३० गतेसम्म एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।
प्रधानमन्त्री राहत कोषमा पौने २ अर्ब जम्मा

काठमाडाैं, कात्तिक १ : प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा पौने २ अर्ब जम्मा भएको छ।

कोषमा संस्थागत एवं व्यक्तिगत रूपमा असोज ३० गतेसम्म एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

बुधबार कोषमा विद्याधर मल्लिकसहित १० संगठित संस्थाले रकम प्रदान गरेका छन्।

जसमा साल्ट ट्रेडिङ कर्पोरेशनले ६१ लाख रुपैयाँ, गैरआवासीय नेपाली संघ ५१ लाख रुपैयाँ कोषमा जम्मा गरेका छन्।

यसैगरी, कोषमा रकम जम्मा गर्ने अन्य संस्थामा नेपाल प्रहरी श्रीमती संघ, नेपाल इन्सुरेन्स कम्पनी, विद्युत् उत्पादन कम्पनीलगायत छन्।

प्रकाशित मिति: १२:०३ बजे, बिहीबार, कात्तिक १, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्