Kathmandu Press

माउन्टेन फ्लाइटमा गएको बुद्ध एयरको जहाजमा समस्या भएपछि आकस्मिक अवतरण

विमानस्थल प्रमुख जगन्नाथ निरौलाका अनुसार नाइनएनएजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएपछि अवतरण भएको र सबै स्थिति सामान्य छ।
माउन्टेन फ्लाइटमा गएको बुद्ध एयरको जहाजमा समस्या भएपछि आकस्मिक अवतरण

काठमाडौं, कात्तिक १ : माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको जहाजको इन्जिनमा समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाजको इञ्जिनमा समस्या देखिएपछि अवतरण गरिएको बताइएको छ।

विमानस्थल प्रमुख जगन्नाथ निरौलाका अनुसार नाइनएनएजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएपछि अवतरण भएको र सबै स्थिति सामान्य छ।

विमानमा समस्या देखिएपछि क्याप्टेनले डाइभर्ट गरी अवतरण गराएको उनले बताए।

प्रकाशित मिति: ०९:५५ बजे, बिहीबार, कात्तिक १, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्