Kathmandu Press

स्वर्गद्वारीबाट फर्कँदै गरेको भारतीय कार दुर्घटना

चालकसहित पाँच जना सवार थिए दुर्घटना भएको कारमा
स्वर्गद्वारीबाट फर्कँदै गरेको भारतीय कार दुर्घटना
तस्बिरः स्वर्गद्वारी अनलाइन।

काठमाडौं, असोज ३० ।  प्युठानमा कार दुर्घटना हुँदा चार जना भारतीय पर्यटक घाइते भएका छन्।

बुधबार दिउँसो साढे १ बजे  धार्मिक तथा पर्यटकीयस्थल स्वर्गद्वारीबाट फर्कने क्रममा स्वर्गद्वारी नगरपालिका–४ भिङ्ग्रीको टाकुरा थुम्कामा कार दुर्घटना भएको प्रहरीले जनाएको छ।

Hardik ivf

दुर्घटनामा परेको कार भारतीय प्लेट नम्बर युपी ५६ ए ए ४२२२ रहेको इलाका प्रहरी कार्यालय भिङ्ग्रीका प्रमुख प्रहरी निरीक्षक नवीनकुमार थापा क्षेत्रीले जानकारी दिए । उनकाअनुसार कार सडकबाट २० मिटर तल जंगलमा खसेको थियो ।

कारमा चालकसहित पाँच जना सवार थिए। तीमध्ये चार जना घाइते भएको प्रहरी निरीक्षक थापाले बताए।

घाइते हुनेमा भारतको बढनीनगरको सिद्धार्थनगर बर्गदहदा बस्ने वर्ष ५३ का वीरेन्द्र पाण्डेय, वर्ष ४३ को शुभद्रा पाण्डेयको टाउकामा चोट लागेको, वर्ष १७ की जया पाण्डेयको टाउको र शरीरमा चोट लागेको छ । त्यस्तै ५५ वर्षकी शिला पाण्डेयको शरीरमा चोट लागेको छ भने चालक वर्ष ४५ का अलिलेखकुमार पाण्डेय सामान्य भएकोसमेत थापाले जानकारी दिए।

घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा उपचार भइरहेको छ । उनीहरूलाई लिन भारतबाट आफन्तजन बाटोमा आइरहेकोसमेत प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २२:२० बजे, बुधबार, असोज ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्