Kathmandu Press

हामीले धेरै मेहनत गर्नैपर्दैन, यो सरकार चाँडै आफै ढल्छ : प्रचण्ड

'केही समयमै नयाँ राजनीतिक वातावरण बन्छ'
हामीले धेरै मेहनत गर्नैपर्दैन, यो सरकार चाँडै आफै ढल्छ : प्रचण्ड

काठमाडौं, असोज ३० । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले केही समयमै नयाँ राजनीतिक वातावरण बन्ने बताएका छन् ।

वुधबार बिहान नेपाल न्युज बैंकसँगको कुराकानीमा अध्यक्ष प्रचण्डले आफूले मात्र नभइ धेरै मानिसहरुले केही समयमै नयाँ राजनीतिक वातावरण बन्ने संकेत गरेको बताएका हुन्। 

Hardik ivf

‘मलाई के लाग्छ भने यो सरकार जुन रुपमा र जसरी बन्यो सुरुमै मैले अनुमान गरिसकेको थिए । सरकार धेरै समय जाँदैन भन्ने लागेको थियो । अहिलेको घटनाक्रमहरुले करिब करिब त्यस्तै संकेत गरेको छ । हुनसक्छ केही समयपछि नयाँ राजनीतिक वातावरण बन्नसक्छ र धेरैको आंकलन पनि त्यही छ,’ उनले भने ।

तर माओवादी केन्द्र सरकार परिवर्तन गर्नेतर्फ नजाने पनि अध्यक्ष प्रचण्डले स्पष्ट पारे । आफू नेतृत्वको पार्टी संगठन बनाउन र जनतामा जानेतिर सक्रिय भएको उनको भनाइ छ ।

‘सरकार परिवर्तन गर्नेतर्फ माओवादी केन्द्र सक्रिय भएर लाग्दैन । जनतामा जानेतर्फ, संगठन बनाउनेतर्फ र जनतातिर फर्किने विषयलाई नै पार्टीले उच्च प्राथमिकतामा राख्नेछ ।

सरकार परिवर्तनका लागि माओवादीले दुःख गरिराख्नुपर्ने अवस्था पनि नरहेको उनले बताए। 

'मैंले भनेको छु यो सरकार गलत तरिकाले, वडो अप्राकृतिक, अपारदर्शी र अनैतिक रुपमा बनेकाले आफैं ढल्छ भने लाग्छ । हामीले धेरै मेहेनत गर्नुपर्छ भन्ने नै लाग्दैन,’ अध्यक्ष प्रचण्डले भने।

प्रकाशित मिति: १६:५१ बजे, बुधबार, असोज ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्