राष्ट्रपतिद्वारा भक्तपुरको नवदुर्गा भगवतीको दर्शन
बडादशैंको अन्तिम दिन अर्थात बुधबार आश्विन शुक्ल पूर्णिमाका दिन राष्ट्रपति पौडेलले त्यहाँ रहेको नवदुर्गा भगवतीको पूजा अर्चना गरेका हुन्।(3)-1729075230.jpeg)
काठमाडौं, असोज ३० : राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित भक्तपुरस्थित् नवदुर्गा भगवतीको दर्शन तथा पूजा अर्चना गरेका छन्।
बडादशैंको अन्तिम दिन अर्थात बुधबार आश्विन शुक्ल पूर्णिमाका दिन राष्ट्रपति पौडेलले त्यहाँ रहेको नवदुर्गा भगवतीको पूजा अर्चना गरेका हुन्।
बडा दशैंको अन्तिम दिन राष्ट्र प्रमुखले भक्तपुरस्थित् नवदुर्गा भगवतीको पूजा अर्चना गर्ने प्रचलन छ। यसअघि राष्ट्रपति पौडेलले विभिन्न शक्तिपिठको दर्शन गरी पूजाअर्चना गरेका थिए।
प्रकाशित मिति: १६:२५ बजे, बुधबार, असोज ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार











