Kathmandu Press

रसियन पर्वतारोहीको शव काठमाडौं ल्याइयो

पर्यटन विभागले भदौ १९ गते धौलागिरि–१ हिमाल आरोहणका लागि अनुमति दिएको थियो। उनीहरु असोज २० गते राति ११ बजेबाट सम्पर्कविहीन भएका थिए।
रसियन पर्वतारोहीको शव काठमाडौं ल्याइयो

काठमाडौं, असोज ३० : धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच जना रसियन पर्वतारोहीको शव काठमाडौँ ल्याइएको छ।

पाँच पर्वतारोही सात हजार एक सय मिटर उचाइमा मृत भेटिएका थिए। पर्यटन विभागले भदौ १९ गते धौलागिरि–१ हिमाल आरोहणका लागि अनुमति दिएको थियो। उनीहरु असोज २० गते राति ११ बजेबाट सम्पर्कविहीन भएका थिए।

मौसमी प्रतिकूलताका कारण उद्धारका लागि कठिनाई भएको थियो। मृतक पर्वतारोही अलेक्जेन्डर दुसेको, ओलेग कुर्गलोभ, भ्लादिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र दिमित्री सालिलेभोइको शव हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो।

उनीहरूका शव ६ हजार ८ सय मिटर उचाइको खोँचमा भेटिएको जनाइएको छ।

प्रकाशित मिति: १६:१९ बजे, बुधबार, असोज ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्