Kathmandu Press

प्रधानमन्त्रीसँग कांग्रेस महामन्त्री शर्माले मागे जवाफ

प्रधानमन्त्री ओलीले व्यापारीबाट जग्गा लिएको विषयमा नागरिकलाई जवाफ दिनुपर्ने भनाई महामन्त्री शर्माको छ। शर्माले पार्टीको कार्यालय भवन राजनीतिक दलहरुले आफैँले बनाउनुपर्ने पनि बताएका छन्।
प्रधानमन्त्रीसँग कांग्रेस महामन्त्री शर्माले मागे जवाफ

काठमाडौं, असोज ३० : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले पार्टी कार्यालय बनाउन अभियुक्त व्यापारी मीनबहादुर गुरुङसँग जग्गा दान लिएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग जवाफ माग गरेका छन्।

प्रधानमन्त्री ओलीले व्यापारीबाट जग्गा लिएको विषयमा नागरिकलाई जवाफ दिनुपर्ने भनाई महामन्त्री शर्माको छ। शर्माले पार्टीको कार्यालय भवन राजनीतिक दलहरुले आफैँले बनाउनुपर्ने पनि बताएका छन्।

Hardik ivf

सामाजिक सञ्जाल मार्फत पार्टी कार्यालय बनाउन व्यवसायीसँग दान लिन नहुने मत व्यक्त गरेका हुन्।

शर्माले सामाजिक सञ्जालमा ल्खेका छन्, ‘राजनीतिक दलले आफ्नो कार्यालय भवन आफू बनाउने हो, सबैको साथ लिएर, सबैको मन गाँसेर बनाउने हो। राज्य र निजी क्षेत्रको सहकार्यबाट निजी क्षेत्रले गर्नसक्ने धेरै काम छन्, जुन कर्म गर्नका लागि राज्यले प्रोत्साहित गर्ने हो । त्यो गर्नु पर्दथ्यो। जे भएको छ, आलोच्य भएको छ।’

महामन्त्री शर्माले व्यापारीबाट जग्गा लिने बिषयमा दलभित्रै गम्भीर छलफल हुनुपर्ने, सबैलाई विश्वासमा लिनुपर्ने, यसको गलत सन्देश जानु नपर्ने, कुनैपनि मुद्दाको सन्दर्भमा गाँसिएर यसले प्रश्न उब्जिने अवस्था आउन नदिनु एमाले पार्टीको कर्तव्य रहेको स्मरण समेत गराएका छन्।

पार्टी कार्यालय निर्माणका लागि ठूलो रकमको विषय आउँदा स्वभाविक रुपमा एमाले, एमाले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र व्यवसायी गुरुङले जवाफ दिनुपर्ने दायित्व रहेको भनाई शर्माको छ।

भवन निर्माणको शिलान्यासपछि प्रधानमन्त्री ओली मौन बसेको बताउँदै यस बिषयमा बोल्नुपर्ने पनि शर्माले बताएका छन्। शर्माको भनाई छ, ‘यसमा सबैभन्दा बढी जिम्मेवारी सम्माननीय प्रधानमन्त्रीको थियो। सम्माननीय प्रधानमन्त्रीज्युले शिलान्यास गरिसक्नुभयो । त्यसपछि मौन हुनुहुन्छ । उहाँले यसबारेमा नागरिक पंक्तिलाई स्पष्ट गर्नुपर्छ ।’

शर्माले व्यवसायीहरूद्वारा राजनीतिक दललाई सानो सहयोग गर्नेकुरा राम्रो भएपनि एक अर्ब भन्दा बढीको सहयोगले गम्भीर आशंका पैदा गरेको समेत उल्लेख गरेका छन् । राजनीतिक दल र निजी क्षेत्रबीचको सम्बन्धको सीमानाका बारेमा सोच्नैपर्ने अवस्था देखिएको भनाई महामन्त्री शर्माको छ।

प्रकाशित मिति: १६:०१ बजे, बुधबार, असोज ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्