सर्वोच्चमा प्रस्तावित न्यायाधीश निरौलाविरुद्ध दुईवटा उजुरी
सुनुवाइ समितिले गत असोज १५ गते सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्धय निरौला र नित्यानन्द पाण्डेविरुद्ध उजुरी आह्वान गरेको थियो।
काठमाडौं, असोज ३० : न्यायपरिषदले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित गरेका नृपध्वज निरौलाविरुद्ध संसदीय सुनुवाई समितिमा दुईवटा उजुरी परेको छ।
सुनुवाइ समितिले गत असोज १५ गते सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्धय निरौला र नित्यानन्द पाण्डेविरुद्ध उजुरी आह्वान गरेको थियो।
निर्धारित समयमा निरौलाविरुद्ध दुईवटा उजुरी परे पनि पाण्डेविरुद्ध भने उजुरी परेको छैन। निरौलाविरुद्ध एउटा उजुरी इमेलमार्फत र एउटा उजुरीकर्ता आफै समितिमा उपस्थित भएर दर्ता गरिएको छ।
निरौला मुख्य रजिष्ट्रार भएका बेला सर्वोच्च अदालतको भवन निर्माणमा अनियमितता भएको दाबीसहित एउटा उजुरी दर्ता भएको जनाइएको छ।
अर्को उजुरी भने नियुक्तिमाथि प्रश्न उठाउँदै दर्ता गरिएको छ । सुनुवाई समितिले उजुरीकर्तासँग छलफल गरेर सुनुवाईअघि बढाउने भएको छ।
प्रकाशित मिति: १५:५६ बजे, बुधबार, असोज ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार











