Kathmandu Press

नेसन्स लिगमा पोर्चुगल स्टकल्यान्डसँग रोकियो, स्पेन विजयी

मंगलबार राति भएको खेलमा पोर्चुगल स्टकल्यान्डसँग गोलरहित बराबरीमा रोकिएको हो।
नेसन्स लिगमा पोर्चुगल स्टकल्यान्डसँग रोकियो, स्पेन विजयी

काठमाडाैं, असाेज ३० : नेसन्स लिगको चौथो चरणको खेलमा पोर्चुगल बराबरीमा रोकिएको छ। मंगलबार राति भएको खेलमा पोर्चुगल स्टकल्यान्डसँग गोलरहित बराबरीमा रोकिएको हो।

स्कटल्यान्डमाथि पूर्णरुपमा दबाब बनाएपनि पोर्चुगलले गोल भने गर्न सकेन। पोर्चुगलले ७० प्रशितशत बल पोजेसन बनाउँदै १४ सट प्रहार गरेकोमा ३ सट फ्रेममा थियो। यता स्कटल्यान्डले ४ सट प्रहार गर्दा २ सटमात्र फ्रेममा थियो।

यस्तै यही समूहको अर्को खेलमा क्रोएसिया र पोल्यान्डले पनि बराबरी खेलेका छन्। १० खेलाडीमा समेटिएको क्रोएसिया पोल्यान्डसँग ३-३ गोलको बराबरीमा रोकियो। खेलमा पहिलो हाफमा ५ र र दोस्रो हाफमा १ गोल भएको थियो।

Hardik ivf

लिग ए को समूह १मा पोर्चुगल ४ खेलमा १० अंकसहित शीर्ष स्थानमा छ। क्रोएसिया ७ अंकसहित दोस्रो, पोल्यान्डको ४ र स्कटल्यान्डको १ अंकमात्र छ।

यस्तै, अर्को खेलमा स्पेन विजयी भएको छ। उसले १० खेलाडीमा समेटिएको सर्बियालाई ३-०ले हरायो।

स्पेनलाई जित दिलाउन अल्भारो मोराटा, अमेरिक लापोर्ट र एलेक्स बएनाले गोल गरे। पाचौं मिनेटमा लापोर्टको गोलमा स्पेनले अग्रता लियो। पहिलो हाफ १-०मै सकियो।

६५औं मिनेटमा मोराटाले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए। ७६औं मिनेटमा स्ट्राहिन्जा पाब्लोभिचले रातो कार्ड पाएपछि सर्बिया १० खेलाडीमा समेटियो।

त्यसको १ मिनेट पछि नै स्पेनले तेस्रो गोल गर्यो। उसका बएनाले गोल गरेका थिए। त्यसपछि गोल नहुँदा स्पेन विजयी भयो।

यही समूहको अर्को खेलमा डेनमार्क र स्वीट्जरल्यान्डले २-२ गोलका बराबरी खेलका छन्। खेलमा डेनमार्ककका रेमो फ्रेउलर र जेकी एमडोनीले गोल गरेका थिए भने स्वीट्जरल्यान्डका गुस्ताव इसाक्सेन र क्रिस्टियन इरिक्सनले गोल गरेका थिए।

लिग एको समूह ४ मा स्पेन १० अंकसहित शीर्ष स्थानमा छ । डेनमार्क ७ अंकसहित दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको सर्बियाको ४ र स्वीट्जरल्यान्डको १ अंक मात्र छ।

प्रकाशित मिति: ०९:२२ बजे, बुधबार, असोज ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्