Kathmandu Press

काठमाडौंमा देखिन थाल्यो चहलपाहल

पूर्वी नेपाललाई जोड्ने वीपी राजमार्ग र अरनिको राजमार्ग भएर काठमाडौं उत्रिनेहरुको भीड मंगलबार कोटेश्वरमा देखिएको छ।
काठमाडौंमा देखिन थाल्यो चहलपाहल

काठमाडौं, असोज ३० : वडादशैंको सार्वजनिक विदा सकिएसँगै गाउँ गएकाहरु काठमाडौं फर्किनेक्रम शुरु भएको छ।

पूर्वी नेपाललाई जोड्ने वीपी राजमार्ग र अरनिको राजमार्ग भएर काठमाडौं उत्रिनेहरुको भीड मंगलबार कोटेश्वरमा देखिएको छ।

Hardik ivf

बाढी र पहिरोबाट क्षतिग्रस्त बीपी राजमार्गमा मंगलबारबाट यसअघिजस्तै सवारी आवागमन खुल्ला गरिएपछि काठमाडौं आउनेहरुको चाप बढेको छ। अरनिको राजमार्ग पनि सहज भएको छ।

मंगलबारदेखि बडादशैंका लागि भनेर दिइएको पाँच दिनको सार्वजनिक बिदा सकिएसँगै काठमाडौं जोडने कलंकी र कोटेश्वरमा यात्रुहरुको चाप देखिएको हो। कोटेश्वर र जडिवुटी क्षेत्रमा सवारी जाम समेत सुरु भएको छ।

पछिल्लो २४ घण्टामा ४८ हजार छ सय जना यात्रुहरु काठमाडौं उपत्यका भित्रिएको ट्राफिक प्रहरी कार्यालयले तथ्यांक छ।

 

प्रकाशित मिति: ०८:४० बजे, बुधबार, असोज ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्