Kathmandu Press

सुनसान छन् मन्त्रालय [तस्बिरहरू]

दशैँमा गाउँ गएकाहरु फर्कन थालेसँगै शहर बजार र सडकमा भने भीडभाड बढेको छ। आवतजावतका लागि सडकहरु असहज भएकाले केही असजिलो भएको छ।
सुनसान छन् मन्त्रालय [तस्बिरहरू]

काठमाडौं, असोज २९ : वडादशैँ बिदामा बन्द रहेका सरकारी तथा सार्वजनिक संस्थान लगायतका कार्यालयहरु खुलेका छन्। तर देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार भने सुनसान नै छ।

नेपाल न्यूज बैंकको टीम मंगलबार विहान ११ बजे सिंहदरबार छिर्दा मन्त्रालयमा छिटपुट्ट मात्र कर्मचारीहरु भेटिए।

सिंहदरबारभित्रका सडकहरुमा न्यून मात्रामा सवारी साधन गुडेको देखिन्थ्यो। मन्त्रीका गाडीहरु हुइँकिएपनि कर्मचारीहरुको उपस्थिति न्यून थियो।

Hardik ivf

Photo-(13)(1)-1729004667.jpg

फूलपातीका दिनदेखि द्वादशीसम्म बन्द रहेका मन्त्रालयका ढोका खुलेपनि सबै मन्त्रालयका शाखा वा महाशाखाका कार्यकक्षमा कर्मचारीको उपस्थिति न्यून देखिन्थ्यो।

Photo-(20)(2)-1729004679.jpg

मानिसहरुको आवतजावत भने बाक्लिएको छ। टाढा घर भएका कर्मचारीहरु काठमाडौं आइ नपुगेकाले मन्त्रालयहरु सुनसान रहेको कर्मचारीहरुले बताए।

Photo-(17)(1)-1729004675.jpg

तर दशैँमा गाउँ गएकाहरु फर्कन थालेसँगै शहर बजार र सडकमा भने भीडभाड बढेको छ। आवतजावतका लागि सडकहरु असहज भएकाले केही असजिलो भएको छ।

दशैंको मुखमा प्राकृतिक विपत्तिका कारण धेरै राजमार्ग एवम सडकहरु पूर्ण रुपले संचालनमा आइसकेका छैनन्।

Photo-(14)(2)-1729004669.jpg

Photo-(10)(2)-1729004663.jpg

Photo-(11)(2)-1729004664.jpg

Photo-(16)(1)-1729004673.jpg

Photo-(9)(1)-1729004662.jpg

Photo-(8)(1)-1729004659.jpg

Photo-(6)(1)-1729004660.jpg

Photo-(7)(1)-1729004656.jpg

Photo-(1)(6)-1729004652.jpg

Photo-(2)(3)-1729004649.jpg

Photo-(5)(1)-1729004653.jpg

 

प्रकाशित मिति: २०:५१ बजे, मंगलबार, असोज २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्