विपी राजमार्गमा भोलिबाट रुटका गाडी चल्ने
बाढीले भत्काएको ठाउँमा ट्रयाक खोलेर अनुमति लिउका साना गाडि चल्न दिइएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ।
काभ्रे, असोज २८ : गत असोज १२ को बाढीले क्षतविक्षत बनाएको विपी राजमार्गमा भोलिदेखि रुटका गाडी चल्ने भएका छन्।
बाढीले भत्काएको ठाउँमा ट्रयाक खोलेर अनुमति लिउका साना गाडि चल्न दिइएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ।
दशैंका लागि घर गएकाहरु फर्किने समय भएकाले यातायात व्यवसायीहरुले आज सोमबारदेखि ठूला बस समेत चलाउन खोजेका थिए। तर चौकीडाँडा र माम्ती खोला नजिक डाइभर्सनमा समस्या भएपछि भोलिबाट साना गाडी मात्र चलाउन अनुमति दिइएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ।
साँझसम्म सुधार गरेपछि अनुमति प्राप्त सवारी साधन सावधानीपूवर्कक सञ्चालन गर्न दिन लागिएको छ।
भकुन्डेबेसी बर्षेखोला खण्डमा अहिले पनि सुख्खा पहिरो झर्ने जोखिम रहेकाले रातको समयमा यात्रा नगर्न आग्रह गरिएको छ।
प्रकाशित मिति: १३:३१ बजे, सोमबार, असोज २८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












