Kathmandu Press

लमजुङमा जिप दुर्घटना, २२ घाइतेमध्ये ५ को अवस्था गम्भीर

सारिङबाट सदरमुकाम बेंशीसहर आउँदै गरेको ग १ ज ८५५१ नम्बरको जिप मकैडाँडा मोडमा दुर्घटना भएको हो।
लमजुङमा जिप दुर्घटना, २२ घाइतेमध्ये ५ को अवस्था गम्भीर

बेंशीसहर, असोज २७ : लमजुङको सारिङबाट सदरमुकाम बेंशीसहर आउँदै गरेको जिप आइतबार दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।

घाइतेहरुमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

सारिङबाट सदरमुकाम बेंशीसहर आउँदै गरेको ग १ ज ८५५१ नम्बरको जिप मकैडाँडा मोडमा दुर्घटना भएको हो।

गम्भीर घाइते भएका पाँच जनालाई चितवनको भरतपुर अस्पताल पठाइएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङले जनाए अनुसार १७ जना घाइतेको बेंशीसहरमै उपचार भइरहेको छ ।

प्रकाशित मिति: १८:३० बजे, आइतबार, असोज २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्