Kathmandu Press

प्रधानमन्त्री ओलीले लगाए विजयादशमीको टीका

उनले आज बुबा मोहनप्रसाद ओलीको हातबाट टीका ग्रहण गरेका छन्।
प्रधानमन्त्री ओलीले लगाए विजयादशमीको टीका

काठमाडौं, असोज २६ : प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको टीका ग्रहण गरेका छन्। उनले आज बुबा मोहनप्रसाद ओलीको हातबाट टीका ग्रहण गरेका छन्।

आफूले टीका लगाएपछि प्रधानमन्त्री ओलीले श्रीमती राधिका शाक्य तथा अन्य परिवाजनलाई पनि टीका लगाइदिए।

यसपछि प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट टीका ग्रहण गर्ने कार्यक्रम रहेको छ।

यसपटक बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपद्का कारण प्रधानमन्त्री ओलीले सर्वसाधणलाई टीका लगाइदिने कार्यक्रम भने नरहेको सचिवालयले जनाएको छ।
 
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका अनुसार दसैँको टीकाको शुभ साइत आज बिहान ११ः३६ मा आरम्भ भएको छ।

प्रकाशित मिति: १३:४२ बजे, शनिबार, असोज २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्