Kathmandu Press

दशैंको टीका लगाइँदै, ११:३६ मिनेटमा उत्तम साइत

नवदुर्गाको प्रसादका रुपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ।
दशैंको टीका लगाइँदै, ११:३६ मिनेटमा उत्तम साइत

काठमाडौं, असोज २६ : २०८१ सालको वडादशैं अर्थात विजया दशमीको टीका आज९शनिबार० लगाइँदैछ । नवदुर्गाको प्रसादका रुपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ। कसैकसैले सेतो टीका पनि लगाउँदैछन् ।

दसैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ। टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चांग निर्णायक विकास समितिले बिहान ११ बजेर ३६ मिनेटलाई साइत उत्तम रहेको जनाएको छ।

Hardik ivf

विजया दशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु पर्दैन भन्ने मान्यता पनि छ। घटनास्थापनादेखि पूजा आराधना गरिएकी देवी विसर्जन गर्ने साइत भने बिहान ८ बजेर ३३ मिनेटमा रहेको छ ।

दशमीको दिन देवी दुर्गा भवानीले राक्षसको बध गरेपछि विजय उत्सवका रुपमा मनाइले दशैंमा रातो टीका र जमरा लगाउने परम्परा रहेको छ । केही जनजाति समुदायमा भने शान्तिको प्रतिक मानेर सेतो रङको टीका लगाउने चलन पनि छ ।

ठूला वा मान्यजनको हातबाट टीका जमरा लगाएर दशैंमा आशिर्वाद थाप्ने गरिन्छ । टीका लगाउँदा टिका लगाइदिने व्यक्ति पश्चिम र टीका लगाउने व्यक्ति पूर्व फर्कनुपर्ने धार्मिक मान्यता रहेको छ ।

विजया दशमीको दिन टीकाको साइत गरेसंगै देवीको प्रसादको रुपमा कोजाग्रत पूर्णिमासम्म टीका र जमरा लगाउने प्रचलन रहेको छ ।

 

प्रकाशित मिति: १०:०९ बजे, शनिबार, असोज २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्