Kathmandu Press

राष्ट्रपति पौडेलबाट नक्साल भगवती मन्दिरको दर्शन

हिन्दुहरुको महान पर्व वडादशैंको अवसरमा राष्ट्रपति पौडेल विभिन्न प्रसिद्ध शक्तिपीठको दर्शनका सिलसिलामा शुक्रबार नक्साल भगवती मन्दिर पुगेका हुन्।
राष्ट्रपति पौडेलबाट नक्साल भगवती मन्दिरको दर्शन

काठमाडौं, असोज २५ : राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंस्थित नक्साल भगवती मन्दिरको दर्शन गरेका छन्।

शुक्रबार दिउसो उनकी धर्मपत्नी सविता पौडेलका साथ मन्दिरको दर्शन गरेका हुन्।

हिन्दुहरुको महान पर्व वडादशैंको अवसरमा राष्ट्रपति पौडेल विभिन्न प्रसिद्ध शक्तिपीठको दर्शनका सिलसिलामा शुक्रबार नक्साल भगवती मन्दिर पुगेका हुन्।

Photo-(6)-1728643780.jpg

दशैंका अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखले उपत्यका र उपत्यका बाहिरका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रहिआएको छ।

सोही परम्परा अनुसार राष्ट्रपति पौडेल नक्साल भगवतीको दर्शनका लागि पुगेका हुन् । मन्दिरमा उनले दर्शन एवं पूजाआज गरेका थिए।

Photo-(11)(1)-1728643781.jpg
 
प्रकाशित मिति: १६:३६ बजे, शुक्रबार, असोज २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्