Kathmandu Press

बिहीबारसम्म सडक मार्गबाट आठ लाखले छाडे काठमाडौं

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार आठ लाख बाहिरिइसकेको र शुक्रबार र शनिबारसम्म १० लाखको हाराहारीमा यात्रु बाहिरिने अनुमान छ।
बिहीबारसम्म सडक मार्गबाट आठ लाखले छाडे काठमाडौं

काठमाडौं, असोज २४ : दसैँका लागि काठमाडौंबाट बाहिरिने यात्रुको संख्या बिहीबारसम्म आठ लाख पुगेको छ।

बसबाट सडकमार्ग भएर आठ लाख यात्रु उपत्यकाबाट बाहिरिएका हुन्। हवाई मार्गबाट बाहिरिने यात्रुको संख्या यस्मा गणना गरिएको छैन।

Hardik ivf

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार आठ लाख बाहिरिइसकेको र शुक्रबार र शनिबारसम्म १० लाखको हाराहारीमा यात्रु बाहिरिने अनुमान छ।
 
दसैंमा १५ देखि १८ लाख यात्रु उपत्यका बाहिरिने अनुमान गरे पनि पछिल्लो समय आएको बाढी पहिरोका कारण सडक सञ्चालनमा अवरोध भएपछि बाहिरिनेको संख्या कम भएको महासंघले जनाएको छ।

शुक्रबार र शनिबार पनि दसैँका लागि यात्रुहरु उपत्यका छोड्ने क्रम जारी रहने छ । दशैंका लागि ठूलो संख्यामा यात्रुहरु बाहिरिनेक्रमसँगै सडक दुर्घटना न्यूनीकरणका लागि प्रहरीले राजमार्गहरूमा सुरक्षा व्यवस्थाका लागि चेक जाँचमा समेत कडाई गरेको छ।

प्रकाशित मिति: १९:५२ बजे, बिहीबार, असोज २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्