Kathmandu Press

विपी राजमार्ग शुक्रबारदेखि खुल्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले फेसबुकमा शुक्रबार बिहान १० बजेपछि बीपी राजमार्ग सञ्चालनमा आउने बताएका हुन्।
विपी राजमार्ग शुक्रबारदेखि खुल्छ : प्रधानमन्त्री ओली

काठमाडौं, असोज २४ : बाढीपहिरोको कारण अवरुद्ध भएको बनेपा–बद्रीबास सडक (बीपी राजमार्ग) शुक्रबारदेखि खुल्ने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सामाजिक सञ्जालमार्फत उक्त जानकारी गराएका हुन्।

प्रधानमन्त्री ओलीले फेसबुकमा शुक्रबार बिहान १० बजेपछि बीपी राजमार्ग सञ्चालनमा आउने बताएका हुन्।

अहिले राजमार्गमा पहिरोको अवरोध खुलाउन भौतिक पूर्वाधार मन्त्रालयका सचिव इन्जिनियर केशव शर्माको टोलीले काम गरिरहेको छ।

प्रधानमन्त्री ओलीले इन्जिनियर शर्मासँग टेलिफोनमा आफ्नो कुरा भएको समेत सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले शुक्रबारबाट राजमार्ग सञ्चालनमा आउने जानकारी इन्जिनियर शर्माले गराएको सामाजिक सञ्जालमा लेखेका छन्।

प्रकाशित मिति: १९:०६ बजे, बिहीबार, असोज २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्