अब रेडियो नेपाल र नेपाल टेलिभिजन एउटै नेतृत्वको मातहत
विधेयक प्रमाणिकरणपछि अब रेडियो नेपाल र नेपाल टेलिभिजन एउटै नेतृत्वको मातहतमा सञ्चालन हुनेछन्।काठमाडौं, असोज २२ : राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार ‘सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन्।
विधेयक प्रमाणिकरणपछि अब रेडियो नेपाल र नेपाल टेलिभिजन एउटै नेतृत्वको मातहतमा सञ्चालन हुनेछन्।
विधेयक प्रमाणिकरणसँगै रेडियो नेपाल र नेपाल टेलिभिजनको नेतृत्व समेत फेरबदल हुने भएको छ । राष्ट्रपतिको कार्यालयले राष्ट्रपतिद्वारा नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेको जनाएको छ।
उक्त विधेयक यसअघि सङ्घीय संसद्का दुवै सदनले पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयसमक्ष प्रस्तुत गरिएको थियो।
प्रकाशित मिति: २०:१३ बजे, मंगलबार, असोज २२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल प्रहरीका पाँच एसएसपीलाई डिआइजीमा बढुवा गर्न सिफारिसबिहीबार, पुस १८, २०८१
पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न बूढानीलकण्ठ पुगे प्रधानमन्त्री ओलीबिहीबार, पुस १८, २०८१
अख्तियारको पहुँच र अधिकार क्षेत्र फराकिलो बनाउने तयारी बिहीबार, पुस १८, २०८१
बालकलाकार सचिन परियारको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्तबिहीबार, पुस १८, २०८१