मानवअधिकार आयोग दशैं विदामा पनि खुला रहने
आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरु दसैँ अवधिमा खुला राख्ने निर्णय भएको हो । आयोगका कार्यालय बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने व्यवस्था मिलाइएको छ ।
काठमाडौं, असोज २२ : राष्ट्रिय मानव अधिकार आयोग दशैं विदामा पनि खुला रहने भएको छ ।
आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरु दसैँ अवधिमा खुला राख्ने निर्णय भएको हो । आयोगका कार्यालय बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने व्यवस्था मिलाइएको छ ।
आम नागरिकको मानव अधिकार संरक्षणलाई ध्यानमा राखेर दशैं बिदामा पनि आयोगको कार्यालय खुला राख्ने निर्णय भएको हो । दशैं विदामा भएका मानव अधिकार उल्लंघन र ज्यादतीका घटनामा पीडितका उजुरी लिइने भएको छ ।
गम्भीर प्रकृतिका मानवअधिकार उल्लंघनका घटनामा आवश्यकताअनुसार आकस्मिक अनुगमनसमेत गर्ने आयोगले जनाएको छ ।
प्रकाशित मिति: १४:४८ बजे, मंगलबार, असोज २२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार