अर्थतन्त्रको समग्र सुधारका लागि खनाल नेतृत्वमा आयोग गठन
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय मंगलबार मात्र सार्वजनिक गरिएको छ । सरकारले पूर्वअर्थ सचिव रामेश्वर खनालको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको हो ।
काठमाडौं, असोज २२ : सरकारले अर्थतन्त्रको समग्र सुधारका लागि रायसहित प्रतिवेदन पेस गर्न आयोग गठन गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय मंगलबार मात्र सार्वजनिक गरिएको छ । सरकारले पूर्वअर्थ सचिव रामेश्वर खनालको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको हो । आयोगले मुलुकको अर्थतन्त्रको समग्र क्षेत्रमा सुधारका लागि अध्ययन गरी रायसहित प्रतिवेदन पेस गर्ने छ ।
निजी क्षेत्रले लामो समयदेखि एक उच्चस्तरीय आयोग गठनको माग गर्दै आएका थिए ।
प्रकाशित मिति: १४:४७ बजे, मंगलबार, असोज २२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार