Kathmandu Press

पश्चिम बंगालको कोइला खानीमा विस्फोट हुँदा सात जनाको मृत्यु, कैयौं घाइते

पूर्वी भारतको पश्चिम बङ्गाल राज्यको एक कोइला खानीमा सोमबार भएको विस्फोटमा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको प्रहरीले जनाएको छ।
पश्चिम बंगालको कोइला खानीमा विस्फोट हुँदा सात जनाको मृत्यु, कैयौं घाइते

काठमाडौं, असोज २१ । पूर्वी भारतको पश्चिम बङ्गाल राज्यको एक कोइला खानीमा सोमबार भएको विस्फोटमा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको प्रहरीले जनाएको छ।

पश्चिम बङ्गालको राजधानी कोलकाताबाट २१७ किलोमिटर उत्तरपश्चिममा रहेको वीरभूम जिल्लाको भादुलिया ब्लकमा रहेको गङ्गारामचक माइनिङ प्राइभेट लिमिटेडको कोलरीमा विस्फोट भएको हो।

प्रहरीका अनुसार डिटोनेटरसहितको ट्रक अनलोडिङका लागि कोलरीमा आउँदा एक्कासि डिटोनेटर विस्फोट भएको थियो।

'सुरुमा कोइला खानीमा भएको विस्फोटमा पाँच जनाको मृत्यु भएको थियो । पछि थप दुई जनाको ज्यान गएपछि मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ,' एक प्रहरी अधिकारीले भने, 'घाइतेहरूलाई तुरुन्तै नजिकैको अस्पतालमा उपचारका लागि लगिएको थियो।'

विस्फोटको कारणबारे अनुसन्धान जारी छ। 

प्रकाशित मिति: १९:२६ बजे, सोमबार, असोज २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्