Kathmandu Press

प्रधानमन्त्रीले राष्ट्रपतिलाई गराए राष्ट्रसंघ महासभामा सहभागिताबारे जानकारी

सोमबार राष्ट्रपतिको भवन शीतलनिवासमा प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई भेटेका हुन् ।
प्रधानमन्त्रीले राष्ट्रपतिलाई गराए राष्ट्रसंघ महासभामा सहभागिताबारे जानकारी

काठमाडौं, असोज २१ । राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा नेपालको सहभागिताबारे जानकारी गराएका छन्।

सोमबार राष्ट्रपतिको भवन शीतलनिवासमा प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई भेटेका हुन् ।

Hardik ivf

राष्ट्रपतिको सचिवालयले भेटमा राष्ट्रपतिलाई प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा नेपालको सहभागिताबारे जानकारी गराएको छ ।

उक्त अवसरमा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी थिए ।

प्रधानमन्त्री ओली नेतृत्वको टोली गत असोज ४ गते राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएको थियो ।

प्रधानमन्त्री ओलीले असोज १० गते महासभालाई सम्बोधन गरेका थिए । प्रधानमन्त्री ओली अमेरिकाबाट असोज १४ गते स्वदेश फर्किएका थिए ।

प्रकाशित मिति: १८:०५ बजे, सोमबार, असोज २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्