Kathmandu Press

आज पनि दोहोरो अंकले बढ्यो नेप्से परिसूचक  

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको उकालो यात्रा जारी छ।
आज पनि दोहोरो अंकले बढ्यो नेप्से परिसूचक  

काठमाडौं, असोज १२ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको उकालो यात्रा जारी छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज ३७ दशमलव १३ अंकले उकालो लागेर दुई हजार ६९०.७२ मा पुगेको छ ।

Hardik ivf

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.३२ अङ्कले उकालो लागेर ४८३.७८ मा पुगेको छ । कारोबार भएका १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्यमा गिरावट हुँदा ११ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ ।

कुल एक करोड ५८ लाख ४५ हजार ४४९ कित्ता शेयर सात अर्ब नौ करोड ५९ लाख ५३ हजार २७ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार, थ्री स्टार हाइड्रोपावर ९.९३, डोल्टी पावर कम्पनी ९. ६८, एनआइसी एसिया फ्लेक्सी क्षप फन्ड ८. ८०, जोशी हाइड्रोपावर ८.४२ र पिपल्स हाइड्रोपावरका लगानीकर्ताले ७. ५९ प्रतिशत कमाएका छन् ।

यस्तै, इस्टर्न हाइड्रोपावरको शेयरमा आज नकारात्मक सर्किट लागेको छ ।

साथै कुमारी सबल योजना ७.४० प्रतिशत, विन नेपाल लघुवित्त ६.१४ प्रतिशत, जनउत्थान सामुदायिक लघुवित्त ४.०७ प्रतिशत र पोखरा फाइनान्सका लगानीकर्ताले ३. ७६ प्रतिशतले गुमाएका छन्।

प्रकाशित मिति: १७:५३ बजे, सोमबार, असोज २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्