Kathmandu Press

४३ युट्युबमाथि कारबाही गर्न साइबर ब्युरोलाई काउन्सिलले पठायो पत्र

प्रेस काउन्सिल नेपालले ४३ वटा युट्युब च्यानललाई अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्र पठाएको छ ।
४३ युट्युबमाथि कारबाही गर्न साइबर ब्युरोलाई काउन्सिलले पठायो पत्र

काठमाडौं, असोज २१ । प्रेस काउन्सिल नेपालले ४३ वटा युट्युब च्यानललाई अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्र पठाएको छ ।

तथ्यहीन, भ्रामक, अश्लिल र अमर्यादित सामग्री सम्प्रेषण गरेको बताउँदै कारबाहीका लागि नाम किटान गर्दै ब्युरोमा पठाइएको हो ।

 काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको संयोजकत्वमा बसेको आचारसंहिता अनुगमन उपसमितिको निर्णयअनुसार ती सामाजिक सञ्जाल कारबाहीमा परेका हुन् ।

Hardik ivf

 विभिन्न खालका कारबाहीमा परेका सबै सञ्चारमाध्यमको विस्तृत विवरण काउन्सिलले आफ्नो वेबसाइटमा समेत राखेको छ ।

गत साउन महिना यता हिंसा, आतङ्कलाई प्रश्रय पुग्ने, हुँदै नभएको निराधार, अफवाह फैलाउने, अतिरञ्जित थम्बनेलसहितको शीर्षक दिई जनमानसमा भ्रम फैलाउने, त्रसित तुल्याउने विरुद्ध कारबाही तीव्र पारिएको जानकारी समेत काउन्सिलले प्रेस विज्ञप्तिमार्फत दिएको छ ।

काउन्सिलले आचारसंहिता पालना गर्न दिइएको निर्देशन पालना नगरेको बताउँदै ३ वटा सञ्चारमाध्यमलाई अवज्ञाकारीको कालोसूचीमा राखेको छ।

अवज्ञाकारीको कालोसूचीमा पर्ने ति सञ्चारमाध्यममा एबीपीक्राइमन्यूज डट कम, टिभी अन्नपूर्ण डटकम र सेतोखरी डटकम छन् । काउन्सिलमा यस आर्थिक वर्षमा ७६ वटा उजुरी दर्ता भएका थिए । ति मध्ये २६९ सामग्री काउन्सिलले स्वअनुगमन गरी कारबाही गरेको छ ।

काउन्सिलद्वारा जारी विज्ञप्तिमा मिडिया अन्तर्गत सञ्चालनमा रहेका तर आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्ने ५ वटा अनलाइन सञ्चारमाध्यमलाई हटाउन निर्देशन दिई सचेत गराइएको उल्लेख छ।

यस्तै, अरू ५ वटा माध्यमका विवादास्पद सामग्री हटाइ स्पष्टीकरण सोधिएको छ भने ४ वटा दर्ता सूचीकरण नभएका वेबपोर्टल एवं सामाजिक सञ्जालका सामग्री हटाउन सचेत गराइएको छ । सामाजिक सञ्जालका सामग्री हटाउन सचेत गराउँदा समेत अटेरी गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनी समेत काउन्सिलले दिएको छ ।

यसैगरी विधिवत् रूपमा सञ्चालनमा नआई सामग्री सम्प्रेषण गर्ने र पटक पटक सचेत गराउँदा पनि अवज्ञा गर्ने एक वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार गरिएको छ ।

विवादास्पद समाचार सम्प्रेषण गर्दै आएका अनलाइनपाना डटकम, दियोपोष्ट डटकम, स्वास्थ्य लाइभ डटकम, जनताटाइम्स डटकम, खप्तड टिभि डट कम, गुडटिभी डट कम, अर्थसञ्जाल डटकम, ध्वनीखबर डटकमसहितलाई विशेष अनुगमनमा राखी काउन्सिलले निगरानीमा राखिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: १७:४१ बजे, सोमबार, असोज २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्