Kathmandu Press

काठमाडौंबाट भोजपुर जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना

दुई जनाको घटनास्थलमै मृत्यु
काठमाडौंबाट भोजपुर जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना

सिन्धुली, असोज २१ ।  काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा आज दुर्घटना भएको छ।

सोमबार दिउँसो ३ बजे आसपासमा दुर्घटना भएको जनाइएको छ।

बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको सिन्धुली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले जानकारी दिए।

मृत्यु हुनेको पहिचान खुलिसकेको छैन। 

थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।  

प्रकाशित मिति: १७:२२ बजे, सोमबार, असोज २१, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्