दसैँमा पनि वर्षाको सम्भावना
महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरले यो साताभित्रमा मनसुन बाहिरिने र विगतमा पनि मनसुन बाहिरएपछि हल्कादेखि मध्यम वर्षा हुने गरेको बताए ।काठमाडौँ, असोज २१ : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दसैँमा पनि पानी पर्ने सम्भावना रहेको जनाएको छ । विभागका अनुसार आइतबारदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिएको मनसुन यही देशभरबाट बाहिरिने सम्भावना छ
महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरले यो साताभित्रमा मनसुन बाहिरिने र विगतमा पनि मनसुन बाहिरएपछि हल्कादेखि मध्यम वर्षा हुने गरेको बताए ।
“यसपटक मनसुन बाहिरिने समय र दसैँ एकैपटक परेको छ, मनसुन बाहिरिँदा पश्चिमी वायु र स्थानीय वायु प्रभावका कारण हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,” उनले भने, “तसर्थ यो दसैँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।”
प्रकाशित मिति: १५:५४ बजे, सोमबार, असोज २१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अफवाह फैलाउने १० युट्युब च्यानल परे कारबाहीमासोमबार, मंसिर १०, २०८१
कोशीका सांसद लिलाबल्लभ अधिकारी हिरासतमुक्तसोमबार, मंसिर १०, २०८१
एक वर्षदेखि रिक्त धितोपत्र बोर्डले पायो नेतृत्व, सन्तोषनारायण श्रेष्ठ अध्यक्ष नियुक्तसोमबार, मंसिर १०, २०८१
प्राकृतिक प्रकोपमा ज्यान गुमाउने अधिकांश आदिवासी जनजातिसोमबार, मंसिर १०, २०८१