कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने अवस्थामा पुर्याउन लाग्नुस् : नेता कोइराला
नेता कोइरालाले आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने पनि बताए । नेता कोइरालाले १५ औँ महाधिवेशनपछि कांग्रेसमा पैसा नहुनेहरूले निर्वाचनमा टिकट पाउँदैनन् भन्ने धारणा अन्त्य हुने दाबी समेत गरे ।काठमाडौं, असोज २१ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने अवस्थामा पुर्याउने गरी खट्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
नेता कोइरालाले बालुवाटारस्थित सम्पर्क कार्यालयमा सोमबार कांग्रेसका दलित नेताहरूसँगको भेटमा उक्त निर्देशन दिएका हुन् । नेता कोइरालाले आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने पनि बताए । नेता कोइरालाले १५ औँ महाधिवेशनपछि कांग्रेसमा पैसा नहुनेहरूले निर्वाचनमा टिकट पाउँदैनन् भन्ने धारणा अन्त्य हुने दाबी समेत गरे ।
कांग्रेसको भातृ संगठन दलित संघका नेताहरुसँगको भेटमा कोइरालाले उक्त भनाई राखेका हुन् । भेटमा सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्यहरू सरिता प्रसाईँ, प्रकाश स्नेही, सांसद सीता मिजारलगायत कोइरालाको सम्पर्क कार्यालयमा सहभागि थिए ।
प्रकाशित मिति: १५:०४ बजे, सोमबार, असोज २१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अफवाह फैलाउने १० युट्युब च्यानल परे कारबाहीमासोमबार, मंसिर १०, २०८१
कोशीका सांसद लिलाबल्लभ अधिकारी हिरासतमुक्तसोमबार, मंसिर १०, २०८१
एक वर्षदेखि रिक्त धितोपत्र बोर्डले पायो नेतृत्व, सन्तोषनारायण श्रेष्ठ अध्यक्ष नियुक्तसोमबार, मंसिर १०, २०८१
प्राकृतिक प्रकोपमा ज्यान गुमाउने अधिकांश आदिवासी जनजातिसोमबार, मंसिर १०, २०८१