पछिल्लो बाढी, पहिरो र डुबानबाट २४६ को मृत्यु, १८ जना अझै बेपत्ता
प्रहरी प्रधान कार्यालयका अनुसार यस अवधिमा प्राकृतिक विपद्का घटनामा परी १८ जना बेपत्ता भएका छन् । यस्तै, बाढ र पहिरोका कारण १७८ जना घाइते भएका छन् । प्रहरीले १७ हजार १७४ जनाको उद्धार गरेको छ ।
काठमाडौं, असोज २१ : असोजको दोस्रो साता आएको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानका घटनामा हालसम्म २४६ जनाको मृत्यु भएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार यस अवधिमा प्राकृतिक विपद्का घटनामा परी १८ जना बेपत्ता भएका छन् । यस्तै, बाढ र पहिरोका कारण १७८ जना घाइते भएका छन् । प्रहरीले १७ हजार १७४ जनाको उद्धार गरेको छ ।
वाग्मती प्रदेशमा सबैभन्दा बढी १३९ जनाले ज्यान गुमाएका छन् । वाग्मती प्रदेशमा मात्र सातजना बेपत्ता भएका छन् । बाढीका कारण काठमाडौं उपत्यकामा मात्र ७० जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा सातजना बेपत्ता छन् ।
यता, कोसी प्रदेशमा २० जनाले ज्यान गुमाएका छन् भने २० जना बेपत्ता भएका छन् । मधेस प्रदेशमा नौजनाको मृत्यु भएको छ । यस्तै, लुम्बिनी प्रदेशमा दुईजनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: १४:४४ बजे, सोमबार, असोज २१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार