Kathmandu Press

गेट्स दम्पत्तिले भने, ‘डब्लूएचओको अनुदान रोक्ने ट्रम्पको कदम घातक’

काठमाडौं, वैशाख ३ : समाजसेवी व्यवसायी दम्पत्ति बिल गेट्स र मेलिन्डा गेट्सले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को अनुदान रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्....

गेट्स दम्पत्तिले भने, ‘डब्लूएचओको अनुदान रोक्ने ट्रम्पको कदम घातक’

काठमाडौं, वैशाख ३ : समाजसेवी व्यवसायी दम्पत्ति बिल गेट्स र मेलिन्डा गेट्सले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को अनुदान रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घातक भएको बताएका छन् ।

कोरोना भाइरसको विश्वव्यापी महामारीमा डब्लूएचओलाई झन सहयोग गर्नुपर्ने वेला अनुदान रोक्नु आपत्तिजनक भएको जनाएका छन् । ‘यो कुरा त्यति नै घातक छ, जति सुन्दा लागिरहेको छ,’ उनीहरुले भनेका छन्।

गेट्स दम्पत्तिले महामारीको वेला डब्लूएचओको आवश्यकता बढेको पनि बताएका छन्। डब्लूएचओलाई सहयोग गर्ने सबैभन्दा ठूला अनुदानदाता अमेरिका नै हो।

गेट्स दम्पत्तिले उस्ता उस्तै ट्वीट गरेर पनि विरोध जनाएका छन्।

 

 

 

 

 

प्रकाशित मिति: १९:१० बजे, बुधबार, वैशाख ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्