तनहुँमा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु
ज्ञानगङ्गा बोडिङ स्कुलमा कक्षा २ मा अध्यनरत रहेका कुमालको टयाक्टरको ठक्करबाट सख्त घाइते भई उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको हो।
तनहुँ, असोज २१ : व्यास नगरपालिका–१ गल्बुबेसीमा आज ट्याक्टरले ठक्कर दिदाँ आठ वर्षीय बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा सविन कुमाल रहेका छन्।
ग १ त ७०३१ नम्बरको ट्याक्टरले ठक्कर दिँदा बालकको उचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए।
सोही वडास्थित ज्ञानगङ्गा बोडिङ स्कुलमा कक्षा २ मा अध्यनरत रहेका कुमालको टयाक्टरको ठक्करबाट सख्त घाइते भई उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको हो।
ट्याक्टर चालक प्रदीप विकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक थापाले बताए।
प्रकाशित मिति: ११:४१ बजे, सोमबार, असोज २१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-1777267680.jpg)