Kathmandu Press

कोशी, बागमती, गण्डकी, र लुम्बिनीमा मनसुनी वायको प्रभाव, हाल्का वर्षा हुने

पूर्वी र मध्य नेपालमा भारतको उत्तर पश्चिम बंगालमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
कोशी, बागमती, गण्डकी, र लुम्बिनीमा मनसुनी वायको प्रभाव, हाल्का वर्षा हुने

काठमाडौं, असोज २१ : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा मनसुनी र पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ।

कोशी, मधेश, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायु सक्रिय छ। साथै, पूर्वी र मध्य नेपालमा भारतको उत्तर पश्चिम बंगालमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै भागबाट मनसुन बिदा लिन सुरु गरेको छ।

हाल कोशी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारण बदली देखिनेछ भने बाँकी भूभागमा मौसम सफा रहनेछ। दिउँसो र राति केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टामा कोशी र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी र लुम्बिनी लगायत बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

जसकारण कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।

 

प्रकाशित मिति: ०७:३३ बजे, सोमबार, असोज २१, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्