Kathmandu Press

एनपिएल अक्सन: प्रारम्भिक चरणमा बिकेनन् विनोद भण्डारी

नेपाल प्रिमियर लिग (एनपिएल)का लागि आइतबार अक्सन भइरहेको छ।
एनपिएल अक्सन: प्रारम्भिक चरणमा बिकेनन् विनोद भण्डारी
फाइल तस्वीर।

काठमाडौं, असोज २०। नेपाल प्रिमियर लिग (एनपिएल)का लागि आइतबार अक्सन भइरहेको छ।

अक्सनमा प्रतिश जिसीदेखि ललित राजवंशी १५ लाख रूपैयाँमा बिक्री हुँदा अनुभवी क्रिकेटर विनोद भण्डारी प्रारम्भिक चरणमा अनसोल्ड भएका छन्।

एनपिएलका लागि उनले आफ्नो न्यूनतम मूल्य १० लाख राखेका थिए। उक्त मूल्यमा कुनैपनि टिमले बोली नलगाएपछि पहिलो चरणको अक्सनमा उनी अनसोल्ड भएका हुन्।

अब उनीबी क्याटेगोरीमा बिक्री हुने सम्भावना भने कायमै रहन्छ।

भण्डारी दायाँ हाते ब्याटर र विकेटकिपर हुन्।

प्रकाशित मिति: १९:११ बजे, आइतबार, असोज २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्