प्रहरी समायोजनसम्बन्धी विधेयक सरकारले पठायो लोकसेवा आयोगमा
गृहले अर्थ र कानुन मन्त्रालयको सहमतिपछि विधेयक मन्त्रिपरिषदमा लगेको थियो।
काठमाडौं, असोज २० । गृह मन्त्रालयबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विधेयकको मस्यौदा मन्त्रिपरिषद हुँदै लोकसेवा आयोगमा पुगेको छ ।
गृहले अर्थ र कानुन मन्त्रालयको सहमतिपछि विधेयक मन्त्रिपरिषदमा लगेको थियो।
उक्त विधेयकलाई शुक्रबार बसेको मन्त्रिपरिषद्ले परामर्शका लागि लोकसेवा आयोग पठाउने निर्णय गरेको जानकारी संचारमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयकमा प्रहरीको भर्ना, बढुवा, अवकाश लगायतका प्रावधान संशोधन गर्ने तयारी छ ।
दुवै प्रहरीको नयाँ ऐन छिट्टै ल्याउने तयारी स्वरुप गृहले विधेयक मन्त्रिपरिषदमा पेस गरेको थियो ।
प्रकाशित मिति: १८:५८ बजे, आइतबार, असोज २०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












