Kathmandu Press

नवनियुक्त प्रधानन्यायाधीशले भने– न्यायालय लयमा फर्किएको छ 

'न्यायपालिका यसै लयमा फर्किएको छैन'
नवनियुक्त प्रधानन्यायाधीशले भने– न्यायालय लयमा फर्किएको छ 

काठमाडौं, असोज २० ।  नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपतिबाट नियुक्ति र सपथ लिएपछि पदभार समालेका छन् । 

पदबहालीपछि संचारकर्मीसँगको अन्तरक्रियामा राउतले न्यायलय लयमा फर्किएको बताए । उनले यो अवस्थालाई सुखद् र गौरवको विषय मान्नुपर्ने समेत बताए ।

‘अबको न्यायपालिका एकदम गरिमामय हुन्छ । समृद्ध बनाउने प्रयत्न हुन्छ । मर्यादायुक्त हुन्छ । तपाईंहरूले यसमा शंकै नगर्नुहोस्,’ राउतले संचारकर्मीहरूसँग भने ।

Hardik ivf

उनले  न्यायाधीशहरू निष्ठाले ओतप्रोत भएको बताउँदै काम गर्न दिन पनि संचारकर्मीसँग आग्रह गरे । 

राउतले न्यायपालिका यत्तिकै लयमा नफर्किएको बताउँदै काम गरेकै कारण यो अवस्था आएको पनि बताए । उनले भने, ‘न्यायपालिका यसै लयमा फर्किएको छैन । मान्छेले गरेपछि हुन्छ भन्ने देखिएको छ । खासखास कालखण्ड सम्झिनुहोस् र अहिले पनि सम्झिनुहोस् ।’

आफूसँग सम्पूर्ण न्यायाधीश र कर्मचारीको टिम साथमा रहेकाले काम गर्न सहज हुने विश्वास पनि व्यक्त गरे । न्यायालयको पञ्चवर्षीय रणनीतिक योजनाका लक्ष्य हासिल गर्न आफू लागिपर्ने पनि संचारकर्मीसँग बताए ।

पछिल्लो समय देखिएको बार र बेन्चविचको विवाद विधिसम्मत तरिकाले समाधान गर्ने भनाई समेत राउतले राखे । उनले बार र बेन्चको आपसी समझदारीबाट सधैँ ठूल्ठूला मतभेद टुंगिएको भनाइसमेत राखे ।

कानुनको उचित र वैधानिक तरिकाले सर्वसम्मत प्रक्रियाबाट समस्या समाधान हुने उनको भनाइ थियो । 

 

प्रकाशित मिति: १८:४१ बजे, आइतबार, असोज २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्