स्थानीय तह उपनिर्वाचनका लागि रास्वपासहित २५ दल दर्ता
रास्वपा पहिलो पटक स्थानीय निर्वाचनमा सहभागी हुँदैछ ।
काठमाडौं, असोज २० । स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगमा २५ दल दर्ता भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित आयोगमा २५ दल दर्ता भएका हुन् । संसदको चौथो ठूलो दल रास्वपा पहिलो पटक स्थानीय निर्वाचनमा सहभागी हुँदैछ ।
आयोगले मंसिर १६ गते आइतबारका लागि उपनिर्वाचन तय गरेको छ । निर्वाचन आयोगले यसअघि असोज १० देखि १६ गतेसम्मको समय दिएर दल दर्ताका लागि आह्वान गरेको थियो ।
जसअनुसार २६ राजनीतिक दलले निवेदन दिएका थिए । आयोगमा कानूनी रीत पूरा भएका २५ राजनीतिक दलहरुले निर्वाचनका लागि राजनीतिक दलको मान्यता पाएका हुन् ।
प्रकाशित मिति: १८:३४ बजे, आइतबार, असोज २०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार