Kathmandu Press

एनपिएल अक्सनः यी हुन् १५ लाखमा बिक्री भएका दस खेलाडी, को कुन टिममा परे ?

ए क्याटागोरीलाई १० लाख, बी क्याटागोरीलाई १० लाख र सी क्याटागोरी २ लाखबाट खेलाडी अक्सन सुरु गरिएको छ।
एनपिएल अक्सनः यी हुन् १५ लाखमा बिक्री भएका दस खेलाडी, को कुन टिममा परे ?

काठमाडौं, असोज  २० । नेपाल प्रिमियर लिग (एनपिएल) को अक्सन जारी छ।

एनपिएलमा आबद्ध आठ टोलीले खेलाडी टोलीमा आबद्ध गर्न बोली लगाइरहेका छन्।

घरेलु खेलाडीलाई तीन क्याटागोरीमा विभाजन गरिएको छ। ए क्याटागोरीलाई १० लाख, बी क्याटागोरीलाई १० लाख र सी क्याटागोरी २ लाखबाट खेलाडी अक्सन सुरु गरिएको छ। जसमा एलाई उच्चतम १५ लाख, बीलाई १० लाख र सीलाई ५ लाख रहेको छ।

Hardik ivf

अहिलेसम्म १० जना खेलाडीलाई १५ लाखमा विभिन्न टिमले अनुबन्ध गरेको छ।

ललित राजवंशीलाई जनकपुर बोल्ट्सले १५ लाखमा अनुबन्ध गरेको छ।

त्यस्तै सूर्य तामाङलाई लुम्बिनी लायन्सले १५ लाखमै आफ्नो टिममा भित्र्याएको छ।

लोकेश बम र प्रतिश जिसी विराटनगर किंग्समा, शाहब आलम काठमाडौं गोर्खाजमा, सागर ढकाल  पोखरा एभेन्जर्समा, विवेककुमार यादव लुम्बिनी लायन्समा, अनीलकुमार साह जनकपुर बोल्ट्समा, आरिफ शेख सुदूरपश्चिम रोयल्समा र भीम सार्की काठमाडौं गोर्खाजमा आबद्ध भएका छन्।

उनीहरू सबै १५ लाख रूपैयाँमा विभिन्न टिमले अनुबन्ध गरेको हो।

आगामी नोभेम्बर ३० देखि डिसेम्बर २१ तारिखसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उक्त प्रतियोगताको अक्सनमा करिब डेढ सयभन्दा बढी खेलाडी सहभागी छन्। 

 

 

 

प्रकाशित मिति: २०:०० बजे, आइतबार, असोज २०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्