Kathmandu Press

परराष्ट्रमन्त्री डा.राणाद्वारा इजरायल र लेबनानका नेपालीको सुरक्षाबारे राजदूतसँग छलफल 

इजरायल र लेबनानमा अवस्थित नेपाली राजदूतहरूसँग आइतबार परराष्ट्र मन्त्रालयबाट भर्चुअल बैठक समेत भएको थियो । बैठककाक्रममा ति देशमा विकसित पछिल्लो परिस्थितिबारे राणाले जानकारी लिएकी थिइन् ।
परराष्ट्रमन्त्री डा.राणाद्वारा इजरायल र लेबनानका नेपालीको सुरक्षाबारे राजदूतसँग छलफल 

काठमाडौँ, असोज २० : परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले इजरायल र लेबनानमा रहेका नेपालीहरूको अवस्थाबारे ‘अपडेट’ भइरहन दुबै देशका नेपाली राजदूतलाई निर्देशन दिएकी छन् ।

इजरायल र लेबनानमा अवस्थित नेपाली राजदूतहरूसँग आइतबार परराष्ट्र मन्त्रालयबाट भर्चुअल बैठक समेत भएको थियो । बैठककाक्रममा ति देशमा विकसित पछिल्लो परिस्थितिबारे राणाले जानकारी लिएकी थिइन् । मन्त्री डा.राणाले त्यहाँ रहेका नेपालीको अवस्थाको बिषयमा सम्पर्कमा रहेर आवश्यक सहयोग गर्न राजदूतहरुलाई निर्देशन दिएकी छन् । 

Hardik ivf

बैठकमा मन्त्री राणाले कुनै पनि प्रकारले इजरायल र लेबनानमा रहेका सबै नेपालीहरूको सम्पर्कमा पुग्ने प्रयास गर्न, तत्कालै स्वदेश फर्कन सहयोग चाहिएमा समन्वय गर्न तथा उद्धार गरी स्वदेश ल्याउनुपर्ने अवस्था आए आवश्यक गृहकार्य गर्न निर्देशन दिएकी छन्। 

यस्तै, सम्बन्धित देशका दूतावासहरूलाई सूचना जारी गरी सम्पर्क व्यक्ति तोक्न र आवश्यकताअनुसार ‘हेल्पडेस्क’ स्थापना गरेर समस्यामा परेका नेपालीलाई सहायता प्रदान गर्नसमेत भनिएको छ । भर्चुअल बैठकमा इजिप्टका लागि नेपाली राजदूत सुशील लम्सालले लेबनानको पछिल्लो अवस्थाको जानकारी गराएका थिए । इजिप्टमा नेपालीहरूलाई तत्काल कुनै समस्या नरहेको जानकारी राजदूत लम्सालले गराएका थिए । 

यस्तै, इजरायलका लागि कार्यवाहक राजदूत कुमार श्रेष्ठले पनि इजरायलमा हाल नेपालीको अवस्था सामान्य रहेको जानकारी गराएका थिए । इजरायलमा करिब चार हजार पाँच सयको संख्यामा नेपाली रहेको र सबै सुरक्षित रहेको जानकारी श्रेष्ठले दिएका थिए ।

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले पनि मन्त्री डा.राणालाई इरानको पछिल्लो घटना अवस्थाबारे जानकारी गराएका थिए ।

प्रकाशित मिति: १६:३१ बजे, आइतबार, असोज २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्