Kathmandu Press

राप्रपा महामन्त्री राणालाई क्यान्सर, भारतमा उपचार हुँदै 

प्रतिनिधिसभा सदस्य समेत रहेका डा.राणालाई गिजामा क्यान्सर देखिएपछि उपचारका लागि उनलाई भारतको मुम्बई लगिएको छ । राणालाई गिजामा पहिलो चरणको क्यान्सर देखिएको हो । 
राप्रपा महामन्त्री राणालाई क्यान्सर, भारतमा उपचार हुँदै 

काठमाडौँ, असोज २० : राष्ट्रिय प्रजातान्त्र पार्टीका महामन्त्री डा.धवलशम्शेर राणालाई गिजाको क्यान्सर पुष्टि भएको छ । 

प्रतिनिधिसभा सदस्य समेत रहेका डा.राणालाई गिजामा क्यान्सर देखिएपछि उपचारका लागि उनलाई भारतको मुम्बई लगिएको छ । राणालाई गिजामा पहिलो चरणको क्यान्सर देखिएको हो । 

Hardik ivf

उनको आगामी मंगलबार मुम्बइको पुण्यश्लोक अहिल्यादेवी हल्कर हेड एण्ड नेक क्यान्सर इन्स्टिच्यूट अफ इण्डियामा शल्यक्रिया हुने भएको छ । 

महामन्त्री डा.राणाले सामाजिक सञ्जालमार्फत मङ्गलबार शल्यक्रिया हुने जानकारी दिएका छन् । उनले सामाजिक सञ्जालमा लखेका छन्, ‘म चाँडै राम्रो भएर देश र तपाईहरुको सेवा फर्किने जानकारी गराउँछु ।’ डा.राणाको साथमा श्रीमती प्रतिमा राणा पनि सँगै छन् ।

प्रकाशित मिति: १६:१७ बजे, आइतबार, असोज २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्